citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

सांगीतिक समुह “Dr pilots” को पुनरागमन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । १४ वर्ष को लामो अन्तराल पछि सांगीतिक समुह डाक्टर पाईलट्सले आफ्नो पुरानो चर्चित नेपाली गीत “सरकारी जागीर” लिएर सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन् ।

यस समूहले आफ्नो १ दशकको समयमा ५ वटा गीति एल्बम बजारमा ल्याएका थिए । त्यसमध्य ए होइ, मनसून, सरकारी जागीर लगायतका गीतहरुले त्यस समयमा निकै लोकप्रियता कमाएका थिए।

प्राय सदस्यहरु पढाईको शिलशिलामा विदेशीए पछि यो समुह केहि समयको लागि निस्क्रिय जस्तो देखिएको थियो । तर,अहिले लकडाउनको समयलाई सदुपयोग गर्दै नेपाल, अमेरिका, अस्ट्रेलिया, लण्डन, बेल्जियममा रहेका समूह सदस्यहरु मिलेर सांगीतिक यात्रालाई पुनःसुचारु गर्न नयाँ शैलीमा आफ्नो गीत नयाँ युटूब च्यानल तथा फेसबुकबाट प्रसारण गरेका छन् ।

आगामी दिनमा यस ब्याण्डले आफ्नो नयाँ गीतहरु पनि नेपाली श्रोताहरु माँझ पस्किने तयारी गरि रहेको बताएका छन् ।
आफू जहाँ रहे पनि नेपाली संगीतिलाई आफुले नबिर्सिएको र निरन्तर माया गरिरहने उनीहरु बताउँछन् ।

gold
himalayan life insurance long ad
kumari bank