adbl long ad
nabil bank
stcnepal long ad
national life

नेपाली चलचित्र चि मुसी चीको नयाँ गीत ‘कथा’ सार्वजनिक

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली चलचित्र चि मुसी चीको नयाँ गीत ‘कथा’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।

आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले चलचित्र सोचेजस्तो हरर थ्रिलरको नभएको बताउनुभयो ।

उहाँले दर्शकले तर्साउने किसिमको मात्रै चलचित्र छ भन्ने सोचेर जानु नहुने बताउनुभयो । चलचित्र एक बालकको कथावस्तुमा आधारित रहेका पनि बताउनुभयो ।

एमी स्टुडिओ प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ ।

यो चलचित्रलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । चलचित्रमा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ ।

सुशन प्रजापतीले छायांकन गरेका चलचित्रलाई यश सैनीले सम्पादन गरेका छन् । चलचित्र आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन हो ।

११ पुस २०७९, सोमवार १९:५८ बजे प्रकाशित

Election
stcnepal long ad