stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नयाँ “संगै” नाम गरेको म्युजिक भिडियो बजारमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौँ । लामो समयदेखि संगीतमा सकृय राखेका संगीतकार तथा गायक सन्देश श्रेष्ठले फेरी एउता नयाँ “संगै” नाम गरेको म्युजिक भिडियो बजारमा ल्याएको छ । यस अघि मात्र “मेरो सलाम” गीतबाट डाक्टर, नर्स, प्रहरी र पत्रकार लगायत राहत बाँडनेहरुलाई धन्यवाद दिई गीत बनाएका थिए र सबैले रुचाएका थिए ।

यिनले २०० वटा भन्दा बढी गीतमा संगीत राखेका छन भने चार दर्जन गीत गायका छन र यिनको अन्य म्युजिक भिडियाहरु पनि युटुवमा सार्वजनिक गरिसकेका छन । यस अघि उनको तीनवटा एल्वम बजारमा निस्किसकेको छ । उनी वरिष्ठ संगीतकार गणेशप्रसाद श्रेष्ठका छोरा हुन ।
“संगै” नामको गीतको बढीमा भन्नुपर्दा यसमा आफ्नो प्रेमी जीवन साथी जस्तोसुखै सुख, दुखः आउँदा पनि संगैसंगै हुन पाए जीवन सहज बनाएर चल्ने कुरा यस गीतमा गायको छ । यसको रचना गोविन्द पौडेलको हो भने, स्वर संगीत सन्देश श्रेष्ठको रहेको छ । यसको व्यवस्थापन दिवश श्रेष्ठले गरेका हुन र मिश्रण शिव शाहीको रहेको छ । यसमा भूमिका निर्वाह गर्ने कलाकारहरु “संमिन श्रेष्ठ, प्रतिभा धमला श्रेष्ठ, मिदास श्रेष्ठ, प्रियकां जोशी श्रेष्ठ” ले अभिनय गरेका छन ।

prabhu mahalaxmi
kumari