नयाँ “संगै” नाम गरेको म्युजिक भिडियो बजारमा

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार
काठमाडौँ । लामो समयदेखि संगीतमा सकृय राखेका संगीतकार तथा गायक सन्देश श्रेष्ठले फेरी एउता नयाँ “संगै” नाम गरेको म्युजिक भिडियो बजारमा ल्याएको छ । यस अघि मात्र “मेरो सलाम” गीतबाट डाक्टर, नर्स, प्रहरी र पत्रकार लगायत राहत बाँडनेहरुलाई धन्यवाद दिई गीत बनाएका थिए र सबैले रुचाएका थिए ।
यिनले २०० वटा भन्दा बढी गीतमा संगीत राखेका छन भने चार दर्जन गीत गायका छन र यिनको अन्य म्युजिक भिडियाहरु पनि युटुवमा सार्वजनिक गरिसकेका छन । यस अघि उनको तीनवटा एल्वम बजारमा निस्किसकेको छ । उनी वरिष्ठ संगीतकार गणेशप्रसाद श्रेष्ठका छोरा हुन ।
“संगै” नामको गीतको बढीमा भन्नुपर्दा यसमा आफ्नो प्रेमी जीवन साथी जस्तोसुखै सुख, दुखः आउँदा पनि संगैसंगै हुन पाए जीवन सहज बनाएर चल्ने कुरा यस गीतमा गायको छ । यसको रचना गोविन्द पौडेलको हो भने, स्वर संगीत सन्देश श्रेष्ठको रहेको छ । यसको व्यवस्थापन दिवश श्रेष्ठले गरेका हुन र मिश्रण शिव शाहीको रहेको छ । यसमा भूमिका निर्वाह गर्ने कलाकारहरु “संमिन श्रेष्ठ, प्रतिभा धमला श्रेष्ठ, मिदास श्रेष्ठ, प्रियकां जोशी श्रेष्ठ” ले अभिनय गरेका छन ।