stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भावी प्रधानसेनापति शर्माको रथीमा बढुवा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौँ । वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापापछि रोलक्रम अनुसार प्रधानसेनापतिको दाबेदार मानिएका सम्भार उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएकाे छ ।

मन्त्रीपरिषद्को गत वैशाख १४ गतेको निर्णय अनुसार शर्मालाई उपरथीबाट रथीमा बढुवा गरि बैशाख १९ गतेदेखि लागू हुने गरी रथीमा बढुवा गरेको हो । सैनिक ऐन अनुसार प्रधानसेनापति थापाको सिफारिसमा शर्माको बढुवाको लागि सरकार समक्ष पेस गरिएको थियो । हालका बलाध्यक्ष रथी गौरव टण्डुल उमेर हदका कारण पर्सी वैशाख १९ मा अवकास लिँदैछन् ।
उनैको ठाउँमा सैनिक मुख्यालयले उपरथी शर्माको नाम सिफारीस गरेको थियो । शर्मा रथीमा बढुवा भएसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकास पछि प्रधानसेनापति बन्नेछन्।
हालका प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसँगै शर्मा उनको ठाउँमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन्। नेपाली सेनाको युद्धकार्य महानिर्देशकको समेत जिम्मेवारी सम्हालिसकेका उपरथी शर्मा हाल सम्भार रथी विभागको प्रमुख छन् ।
सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले भारतबाट ‘नेशनल डिफेन्स कोर्स’ (एनडिसी) गरेका छन्।
शर्माको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ। हालका प्रधानसेनापति थापा शर्माभन्दा ४ महिना अघि नै २०७८ भदौ २४ गते अनिवार्य अवकासमा जाने भएपछि शर्मालाई सेनापति बन्न कुनै समस्या हुनेछैन ।
सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । अर्का रथी शरद गिरीले पनि आगामी असार ६ गते अनिवार्य अवकास पाउनेछन् । त्यसपछि उपरथी ईश्वर हमाल वा राजेन्द्र कार्की मध्ये एक जना रथीमा बढुवा हुने छन ।
श्री पूरानो गोरख गणका गणपति समेत रहेका शर्माले नम्बर ६ बाहिनी अड्डा बैरेनी तथा मध्य पृतना हेडक्वाटर सुपारिटार ब्यारेक हेटौँडाको कमाण्ड गरिसकेका छन् ।
नेपाली सेनामा स्वच्छ छवि बनाएका शर्मा कंगोमा शान्ति सेना मिसनको कमाण्ड सफलता पूर्वक सम्हालिसकेका अधिकृत हुन् । हाल कोरोनाको महामारीबाट बच्न सावधानी स्वरुप सरकारले खरिपाटीमा निर्माण गरेको क्वारेन्टाईनमा सुरक्षादेखि सरसफाइसम्मका पूर्वाधार व्यवस्थापनमा पनि उनैको नेतृत्वमा नेपाली सेना खटेको थियो ।
स्वच्छ छवी, ईमान्दार, सरल व्यक्तित्वका अधिकृतको परिचय बनाएका शर्माका दुई छोरी र एक श्रीमती छन् । उनको स्थायी घर धादिङ रहेको छ ।
prabhu mahalaxmi
kumari