stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोनाको औषधि नेपालमै बनाइसकेको त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको दाबी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार
हेटौंडा । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधि निर्माण गरेको दाबी गरेको राससले समाचार लेखेको छ ।
               भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो क्यामेष्ट्रिमा पीएचडी उपाधि हासिल गरेका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधि तयार गरेको जानकारी दिए ।
वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदैै डा. दासले सरोकारवालासँग सहयोगको आह्वान समेत गरेका छन् । कोरोना भाइरसको औषधि निर्माण गर्न कडा मेहेनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दाबी पनि उनले गरे ।
यस अघि उनले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर पनि बनाएका थिए । अध्ययन संस्थानका प्रमुख विजय यादव लगायतका वैज्ञानिक र रसायनविज्ञहरूले उनले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारीसमेत लिएका छन् ।
चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा कोरोनाको उपचार पद्धति र औषधिको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधिको थप परीक्षण हुन भने बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य संगठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्नेछ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा. दास वाग्मती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुन् ।  रासस

prabhu mahalaxmi
kumari