stcnepal long ad
ime life insurance
national life
global ime bank long

ग्लोकल टीन हिरो नेपाल ११औं संस्करणका, शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । ग्लोकल प्रा.लि.ले ११ औं संस्करणको गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को लागि शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा गरेको छ।

यस वर्षको प्रतियोगितामा बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाशीलता, पर्यावरण, एआई विज्ञानरअनुसन्धान र अन्य विभिन्न क्षेत्रमा समाजमा सकारात्मक प्रभाव पारेका ७८४ किशोरकिशोरीहरूबाट आवेदन प्राप्त भएको थियो।

ग्लोकल २० अण्डर २० छनोट गरिएका उत्कृष्ट किशोरकिशोरीहरूको विवरण र दस्तावेजहरूको समीक्षा हाम्रो निर्णायक मण्डलले गरेको थियो। त्यसपछि उनीहरूको कामको सुरुवात, उपलब्धि, निरन्तरता र समाजमा पारेको प्रभावको आधारमा गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि अन्तिम चरणमा शीर्ष छ फाइनलिस्टहरूलाई सर्टलिस्ट गरिएको हो।

सम्मानित ६ सदस्यीय निर्णायक मण्डलले यी ६ जना प्रतिभाशाली किशोरकिशोरीहरूलाई उनीहरूको उपलब्धि, पहल र आ(आफ्नो क्षेत्रमा पुर्याएको योगदानका लागि सर्टलिस्ट गरेको छ।

शीर्ष ६ फाइनलिस्टहरू यसप्रकार छन्:
१, कृष्ण यादव, धनुषा– सामग्री निर्माता
२, मानुषी न्यौपाने, स्याङ्जा– यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) अधिवक्ता
३, निश्चल ढुंगाना, कपिलवस्तु जलवायु न्याय अधिवक्ता
४, अक्सफोर्ड आचार्य, जुम्ला– नीति अधिवक्ता
५, रेणुका सिंह, सर्लाहीकी– कृषि उद्यमी
६, सफल पौडेल, रुपन्देही– एआई विकासकर्ता

फाइनल राउन्डका लागि निर्णायक टोलीमा कोका(कोला नेपालका कन्ट्री डाइरेक्टर सुश्री चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपका निर्देशक सुश्री सीमा गोल्छा, भोइथका अध्यक्ष सुरज वैद्य, र नेपालका लागि युरोपियन युनियनका चार्ज डी’अफेयर्स थोमस मिलर हुनुहुन्थ्यो।

किशोरकिशोरीहरूलाई उनीहरूको आवेदन, बायोडाटा, सहयोग दस्तावेज र उनीहरूका उपलब्धिहरूको बारेमा लेखिएको निबन्धको आधारमा छनोट गरिएको थियो। उनीहरूको रचनात्मकता, उपलब्धि, प्रभाव र सबैभन्दा महत्त्वपूर्ण रूपमा उनीहरूको कामको निरन्तरताको आधारमा मूल्याङ्कन गरिएको थियो।

आगामी दिनहरूमा, फाइनलिस्टहरूले आफ्नो ज्ञान र सञ्जाल विस्तार गर्नका लागि सेल्फ(कम्पिटेन्सी वर्कसपमा भाग लिनेछन्। त्यसैगरी, कर्पोरेट कम्पनीका प्रतिनिधिहरू, दूतावासहरू, र उद्योगका प्रशिक्षकहरूसँग अन्तरक्रिया गर्नेछन्। निर्णायक मण्डलले सेप्टेम्बर १ मा फाइनलिस्टहरूको अन्तर्वार्ता लिनेछन्।

साथै, एसएमएस मतदान अगस्ट २१ को साँझ ५ बजेदेखि अगस्ट ३१ को साँझ ५ बजेसम्म खुल्ला हुनेछ। यसबाट प्राप्त हुने जनमतले ग्लोकल टिन हिरो नेपाल २०२५ को विजेता निर्धारण गर्न थप भूमिका पुर्‍याउनेछ।

उम्मेदवारहरूलाई मतदान गर्न, तपाईंको मनपर्ने फाइनलिस्टको मतदान कोड ३३००१ मा एसएमएस गर्न सक्नु हुनेछ । फाइनलिस्टहरूका लागि मतदान कोडहरू यसप्रकार रहेका छन:

१, कृष यादवलाई भोट गर्नका लागि:  GTH2025 KY  लेखेर ३५००१ मा पठाउनुहोस्।
२, मानुषी न्यौपानेलाई भोट गर्नका लागि : GTH2025 MN लेखेर ३५००१ मा पठाउनुहोस्।
३, निश्चल ढुंगानालाई भोट गर्नका लागि: : GTH2025 ND लेखेर ३५००१ मा पठाउनुहोस्।
४, अक्सफोर्ड आचार्यलाई भोट गर्नका लागि: GTH2025 OA लेखेर ३५००१ मा पठाउनुहोस्।
५, रेणुका सिंहलाई भोट गर्नका लागि:GTH2025 RS लेखेर ३५००१ मा पठाउनुहोस्।
६, सफल पौडेललाई भोट गर्नका लागि: GTH2025 SP लेखेर ३५००१ मा पठाउनुहोस्।

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को पुरस्कार समारोह सेप्टेम्बर १, २०२५ मा ललितपुरको द प्लाजामा हुनेछ। यस कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरू, कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, उद्यमी, युवा नेता, सेलिब्रेटीहरू र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीनुभएको छ । ग्लोकल प्रा।लि।को गौरवपूर्ण पहलमा गोल्छा ग्रुपको शीर्षक साझेदारको रूपमा यो कार्यक्रम सञ्चालित भएको छ।

युरोपियन युनियन, भारतको दूतावास काठमाडौं, नेपाल, र प्लान इन्टरनेसनलसँगको साझेदारीले यसको रणनीतिक अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको छ। साथै, इम्बारक कलेज शैक्षिक साझेदारको रूपमा जोडिएको छ।

हाम्रा साझेदारहरू होन्डा, कोका(कोला, डब्लुडब्लुएफ, पञ्चकन्या ग्रुप, केएफसी, टोयोटा, र रियल प्रति हामी कृतज्ञता व्यक्त गर्दछौं। ग्लोबल आईएमई बैंक, नबिल बैंक, र नेपाल एसबीआई बैंक लिमिटेडले बैंकिङ सहयोग प्रदान गरेका छन्।

यो रूपान्तरणकारी मञ्चलाई प्रवर्द्धन गरेकोमा नेपाल पर्यटन बोर्डलाई विशेष धन्यवाद, द प्लाजा हाम्रो आधिकारिक आतिथ्य साझेदार र वर्ल्डलिङ्क हाम्रो इन्टरनेट साझेदार रहेकोमा हामी आभारी छौं।

यसैगरी, द काठमाडौं पोस्ट र कान्तिपुर एपलाई मिडिया साझेदारको रूपमा, हिमालय टिभी एचडीलाई प्रत्यक्ष प्रसारण साझेदारको रूपमा, र यती एयरलाइन्सलाई एयरलाइन्स साझेदारको रूपमा हामी स्वीकार गर्दछौं।

प्रिस्मा एडभर्टाइजिङ हाम्रो पीआर साझेदारको रूपमा र एनएनक्यूरु (नो नेक्स्ट क्वेसचन) हाम्रो पहुँच साझेदारको रूपमा सेवा गरिरहेका छन्।

यस वर्षको संस्करणलाई प्रभावकारी र दूरगामी बनाउन न्युट्रिप्लस, पिज्जा हट, बेगानी ग्रुपको, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र सहयोगलाई पनि हामी महत्त्व दिन्छौं।

prabhu mahalaxmi
kumari