stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

भोजपुरी म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक’ 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ुदे दन प्यार गोरीु सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल ९बले० र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् ।

गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेका हुन् ।

गीतको निर्माण निर कुमारी विश्वकर्मा ‘सविना’ले गरेकी हुन् । एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद (भारत) ले गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको सहभागिता छ ।

रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुतिमा तयार भएको यो गीत ुदिलवालीु नामक एल्बममा समावेश गरिएको छ । विशेष गरी भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक गरिएको गीतले प्रेमिल मनहरूमा विशेष प्रभाव पार्ने विश्वास गरिएको छ ।

गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को युट्युब च्यानलमा हेर्न सकिन्छ भने उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

prabhu mahalaxmi
kumari bank
kumari