stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गरुड प्लेटफर्ममा नयाँ जेनेरेसनको नेक्सन ल्याउदै टाटा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

भारतीय बजारमा ह्याचब्याकदेखि एसयूभी सेगमेन्टसम्म धेरै उत्कृष्ट सवारी साधन प्रदान गर्ने टाटा मोटर्सले नेक्सनमा ठुला परिवर्तन गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार टाटाले सो एसयूभीको नयाँ पुस्ता ल्याउने तयारी गरिरहेको छ ।

रिपोर्टका अनुसार कम्पनीले सो एसयूभी पुरानै प्लेटफर्म एक्सवनमा निर्माण गर्ने भएको छ, जसलाई इन्टरनली गरुड नाम दिइएको छ ।

समय समयमा नेक्सनमा परिवर्तन गरिदै आएको छ । सन् २०२० र २०२३ को बिचमा नेक्सनमा धेरै परिवर्तन गरियो ।

२०१८ मा यसले ग्लोबल एनक्यापबाट वयस्क सुरक्षाको लागि पाँच स्टार र बाल सुरक्षाको लागि तीन स्टार प्राप्त गरेको थियो तर निरन्तर परिवर्तनको परिणामस्वरूप २०२४ मा गरिएको क्र्यास परीक्षणमा वयस्क र बालबालिका दुवैको सुरक्षाको लागि सो एसयूभीले पाँच स्टार प्राप्त गरेको छ ।

रिपोर्टका अनुसार नयाँ पुस्ताको एसयूभी लन्च गर्दा धेरै उत्कृष्ट फिचर पनि प्रदान गर्न सकिन्छ । साथै यसमा प्यानोरामिक सनरुफ, लेभल–२ एडीएएस, एम्बियन्ट लाइट सहित इन्टेरियर र एक्टेरियरमा धेरै फिचर पनि प्रदान गर्न सकिन्छ।

हाल कम्पनीले नेक्सनमा १।२ लिटर क्षमताको पेट्रोल र सीएनजी इन्जिन प्रदान गरेको छ । साथै, यसमा डिजेल इन्जिनको विकल्प पनि उपलब्ध छ । तर नयाँ पुस्तामा डिजेल इन्जिन विकल्पको सट्टा अन्य प्रविधि प्रदान गर्न सकिन्छ।

यस सम्बन्धमा टाटाले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन, तर कम्पनीले २०२६ को अन्त्यसम्म वा २०२७ मा भारतमा नयाँ पुस्ताको टाटा नेक्सन लन्च गर्न सक्ने अपेक्षा गरिएको छ ।

नयाँ टाटा नेक्सनले मारुती ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट र किया साइरोस, महिन्द्रा एक्सयूभी ३एक्सओ र स्कोडा काइल्याक जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

prabhu mahalaxmi
kumari