गीतकार हरि गोपाल प्रधानको ‘सरर बग्यो हावा’
काठमाडौं । बरिष्ठ गीतकार हरि गोपाल प्रधानको शब्दरचना तथा गायिका सुबानी मोक्तानको स्वर रहेको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो आज शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
छायांकन भएको डेढ वर्षपछि वरिष्ठ प्रधानको उक्त विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो शनिबार कमलपोखरीको सिटी सेन्टरस्थित फुडकोर्टमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथि सांसद भगवती चौधरी, डा.रेखा यादव, किरणकुमार शाह, सराज अहमद फारुकी, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वर्ल्ड बुक अफ रेकर्डस नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल लगायतको उक्त भिडियो सार्वजनिक गरेका थिए ।
कोरियोग्राफर तथा मोडलसमेत रहेकी आराध्यलक्ष्मी खड्कीले निर्देशन गरेको यस भिडियोमा चर्चित नेपाली र्यापर निर्णय (एनएसके) र ‘मिस नेपाल अर्थ २०२२’ डा.सरिशा श्रेष्ठको मुख्य भूमिका रहेको छ । सोहन मानन्धरले छायांकन तथा सम्पादन गरेको उत्तः भिडियो कुलेखानीमा छायांकन गरिएको हो ।
यसअघि उक्त भिडियो पोखराको सारङ्गकोटबाट प्याराग्लाइडिङ उडान गरी १९०० मिटरको उचाइबाट पोस्टर र म्युजिक भिडियो सार्वजनिक गरि विश्व रेकर्ड राख्न सफल भएको थियो । यस गीतको अर्जिनल गायिका सरिता अधिकारी हुनु ।
किशोर खतिवडाको संगीत, अमूल कार्की ढलीको एरेन्ज रहेको यस गीतको रेकर्डिङ दीप तुलाधरले गरेका हुन् ।
यस भिडियोका लागि स्टील फोटोग्राफी पद्यमसागर कक्षपति, जर्नादन अर्याल गरेका छन् भने ड्रेस डिजाइनमा तुल्सी प्रजापति र कुसुम श्रेष्ठ रहेको छ ।
भिडियोमा नृत्य कलाकार विविता पाण्डे, श्रीकृति बलामी, झरना रेग्मी, सुनिता खड्का र कृति बलामी रहका छन् । यस्तै, भिष्डियो निर्माणको एरेन्जमेन्टमा बालकृष्ण थारु, प्रोडक्सन नकेश सुवेदी, सागर श्रेष्ठ र निर्मातामा शब्दयात्रा प्रकाशन, बनेपा रहेको छ ।
यस गीतमार्फत गीतकार तथा वरिष्ठ पत्रकार एवं समाजसेवी हरि गोपाल प्रधानले दोश्रोपटक विश्व कीर्तिमान राख्न सफल भएका थिए ।
Video Link : https://www.youtube.com/watch?v=U3LUNmJd3wU



























