sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

काठमाडौंका यी स्थानमा आज ६ घन्टा विद्युत अवरूद्ध हुदै 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको नक्साल सहायक वितरण केन्द्रको ओम फिडर अन्तर्गत पर्ने केही स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले ओम फिडर अन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोवीखोला पुलदेखी एस.आर.क्याटरिङ हुदैं धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा ६ घन्टा विद्युत अवरूद्ध हुने जनाएको छ।

ती क्षेत्रमा पोल सिफ्टिङको कामका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ।

निर्धारित समय अगाडि काम सकिए अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जानकारी दिएको छ।

prabhu bank
nawakantipur long