macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

ट्यालेन्ट राउन्डमा मिसेस नेपाल वल्डका प्रतियोगी

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । विवाहित महिलाहरुको विश्वकै ठुलो प्रतियोगिता मिसेस वल्डको लागि नेपालको प्रतिनिधित्व गर्न आयोजित ‘मिसेस नेपाल वल्र्ड–२०८०’का प्रतिस्पर्धीहरुले ट्यालेन्ट राउन्ड अन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

भ्वाईस अफ नेपालको स्टुडियोमा भएको ट्यालेन्ट राउन्डका् निर्णायकमा अभिनेताहरु गजित बिष्ट र तेज गिरी, गायिका निशा देशार, पत्रकार अखण्ड भण्डारी, कोरियोग्राफर जोगेन्द्र केसी थिए ।

यो प्रतियोगिताको फाईनलमा दुई दर्जन महिलाहरुले नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायतका कला प्रस्तुत गरे ।

यो ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस नेपाल ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने यो पेजेन्ट निर्देशक निशुकान्त झाले बताए ।

यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा २२ कार्तिकमा काठमाडौंको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि उनले जानकारी गराए।

रिवन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्डको कोरियोग्राफर अश्विनीकान्त झाले कोरियोग्राफी गरिरहेका छन् ।

प्रतियोगितामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मङ्गली सिलवाल र सरु आरएल राणा सहभागी छन ्।

प्रतियोगिता विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्

भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने आयोजक पक्षले जनाएको छ ।

२ कात्तिक २०८०, बिहीवार ०५:१९ बजे प्रकाशित

NTA long ad