citizens life insurance long ad
stcnepal long ad
national life

लुटपछि राजनीतिक सिनेमा बनाए निश्चलले

Prabhu Insurance Long Ad

काठमाडौं । ७ वर्षपछि चलचित्र निर्देशनमा फर्केका निश्चल बस्नेतले यसपटक राजनीतिक समस्यालाई समेटेर चलचित्र ‘दिमाग खराब’ निर्देशन गरेका छन् । यस अघि उनले अपराधिक जनरामा चलचित्र लुट र लुट २ निर्देशन गरेका थिए ।

उनले चलचित्र दिमाग खराब आगामी तिहारको अबसर पारेर २४ कात्तिकमा रिलिज गर्ने बताएका छन् । काठमाडौंमा एक समारोहबीच यो चलचित्रको दोश्रो गीत ‘झम्के झमाझम’को भिडियो रिलिज गर्दै आफ्नो सिनेमा राजनीतिक विषयबस्तुमा केन्द्रित रहेको निश्चलले जानकारी गराए ।

‘राजनीतिक अबस्था राम्रो भयो भने तथा सुसासन भयो भने मुलुकको अबस्था राम्रो हुन्छ । नेपालमा राजनीतिक बिकृति बिसँगति दिन दिनै बढीरहेकाले त्यसलाई खबरदारी गर्न हामीले चलचित्र दिमाग खराब निर्माण गरेका हौं ।’ निर्देशक बस्नेतले बताएका छन् ।

सार्वजनिक झम्के झमाझम गीतमा निश्चल आफुले पनि अभिनय गरेका छन् । यस अघि उद्रेको चोली देखि कालेकेटासम्म थुप्रै गीतमा मोडलिङ गरेर चर्चा कमाएका कारण यसपटक यो गीतमा पनि अभिनय गरेको उनको तर्क छ ।

यो गीतको भिडियो निश्चलसँगै चलचित्रका मुख्य कलाकार दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुपुष्पा भट्टको पनि अभिनय छ ।

यो गीतमा बाबुल गिरीको शब्द तथा संगीत तथा सुमित खड्का र नम्रता काफ्लेको स्वर रहेको छ । गीत मध्यम प्रकारको रहेको छ ।

यो चलचित्रका अन्य कलाकारमा सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायत छन् । काभ्रे, काठमाडौंलगायतको स्थानमा यो चलचित्रको छायाँकन गरिएको हो ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको यो चलचित्रमा आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट एड्भाईजरी रहेको छ ।

चलचित्र दिमाग खराबमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । जसमा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा छन् ।

himalayan life insurance
igi long