citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लन्डनमा हुन गइरहेको मिसेस नेपाल युनिभर्स २०२३ को औपचारिक घोषणाको तयारी अन्तिम

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

लन्डन । लन्डनमा हुन गइरहेको मिसेस नेपाल युनिभर्स २०२३ को औपचारिक घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । मिसेस नेपाल युनिभर्स आयोजक लन्डन फेसन हाउसले यही २४ सेप्टेम्बर आइतबार  आयोजना गर्न  लागिएको ‘कोरोनेसन नाइट’को तयारी पूरा भएको जनाएको छ ।

मिसेस नेपाल युनिभर्स २०२३ ले नेपालको प्रतिनिधित्व गर्दै आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औं मिसेस युनिभर्स प्रतियोगितामा भाग लिन पाउनेछिन् ।

विगतमा प्रतिस्पर्धाद्वारा छनोट गरिँदै आए पनि यस पटक भने आन्तरिक छनौट प्रक्रियाबाट विजेता चयन गरिएको र यसको औपचारिक घोषणा आइतबार गरिने लन्डन फेशन हाउसकी संस्थापक तथा सन् २०१८ की मिसेस नेपाल युनिभर्स मनीषा डङ्गोलले जानकारी दिइन् ।

बेलायतस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागितामा विशेष कार्यक्रमबीच मिसेस नेपाल युनिभर्स २०२३ घोषणा गर्न लागिएको उनले बताइन् ।

आइतबार मिसेस नेपाल युनिभर्स २०२२ की फस्ट रनर अप विमला बुढाथोकीलाई मिसेस नेपाल युनिभर्स २०२३ का रूपमा औपचारिक घोषणा गरिंदैछ ।

बुढाथोकीले फिलिपिन्सको मनिलामा हुने ४६ औं मिसेस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्, जहाँ विश्वका सय बढी मुलुकबाट मिसेस सुन्दरीहरूले प्रतिस्पर्धा गर्दै छन् ।

सन् २०१० देखि बेलायतमा बस्दै आएकी बुढाथोकीले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर गरेकी छन् ।

क्याबिन क्रुको तालिम सम्पन्न गरेकी विमलाले दुई वर्ष सिंगापुर एअरलाइन्स नेपालमा काम गरिसकेकी छन् ।

म्यानेजरको रूपमा बेलायतमा कार्यरत विमला बेलायतको नेपाली समाजमा विभिन्न इभेन्ट्समा नृत्य एवम् सामाजिक कार्यहरूमा आबद्ध रहँदै आएकी छन् भने विभिन्न च्यारिटेबल संस्थासँग आबद्ध भएर काम गरिसकेकी छन् ।

फिलिपिन्समा हुन गइरहेको मिसेस युनिभर्समा सहभागिता जनाउन आफू निकै उत्साहित रहेको जनाउँदै उनले सबैको साथ र सहयोगका लागि आग्रह पनि गरेकी छन् ।

himalayan life insurance
igi long