stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

गायक तथा संगीतकार सन्देश श्रेष्ठको लकडाउनका समयमा पनि तीनवटा म्यूजिक

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । गायक तथा संगीतकार सन्देश श्रेष्ठले लकडाउनका समयमा पनि सक्रिय रही श्रोता तथा दर्शकहरुका  माझ तीन वटा म्यूजिक भिडियो बजारमा निकालेका छन् ।
१) मेरो सलाम  २) सँगसँगै  ३ ) हामी भुल्दैनौँ

पछिल्लो गीत हामी भुल्दैनौँमा देश भक्तिपूर्ण भाव व्यक्त भएको छ ।
यस म्यूजिक भिडियोमा  संगीत तथा स्वरः सन्देश श्रेष्ठ रहेको छ भने शब्दः गोविन्द पौडेलको र क्यामरामाः जयेन कुमार मोक्तान एरेन्जः देव कोइमी लुप्स स्टुडियोस् विजेन श्रेष्ठ निर्देशक तथा सम्पादनस् जितेन्द्र राजोपाध्याय रहेको छ । त्यस्तै गरी  आफ्नो अमूल्य समय दिएर सहयोग गर्नुहुने हरि शाही र नेवारी खाजाघरलाई विशेष धन्यवाद दिएको छ ।

यो गीतमा हाम्रा पुर्खाले हाम्रो देशको रक्षा गर्ने क्रममा सीमानामा बगाएको रगत र हिँडेका पदचापहरूको  अझै पनि हामीमा स्मरण रहेको र हामी हाम्रो सीमा कहिल्यै भुल्दैनौँ भन्ने भाव व्यक्त भएको छ।

कालापानी नालापानी युद्ध लडेको इतिहास संस्सारका मानिसलाई जानकारी भएको र त्यो भू भाग हाम्रै रहेको कुरा सर्वविदितै छ ।  हाम्रा पुर्खाबाट जानकारी पाए झैँ हामीले पनि अब आउने सन्ततिलाई गीत संगीत र अन्य माध्यमबाट सुसुचित बनाउनु हाम्रो कर्तव्य हुन आउँछ । यी यावत कुराहरुलाई मध्यनजर राख्दै सम्पूर्ण नेपाली एकजुट हुन् आग्रह गर्दै राष्ट्रिय एकताको भावना जगाउन यो गीतको सिर्जना भएको हो।

prabhu mahalaxmi
kumari