sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

वैदेशिक रोजगारीमा जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैदेशिक  रोजगारीमा  जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने भएका छन् । ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।

हिजो वैदेशिक रोजगार कार्यालयमा भएको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद डिपी अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेन्डमा नै श्रम स्वीकृति दिन सकिने दाबी गरे ।

प्राविधिक समस्या, बिजुलीको आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको दाबी गरे ।

नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको भन्दै उनले यसका लागि कार्यालयका सबै कर्मचारीलाई धन्यवाद दिए।

पहिले १५ दिनसम्ममा श्रम स्वीकृति दिने व्यवस्था रहेकोमा त्यसलाई बिस्तारै घटाउँदै पछिल्लो समय तीन दिनभित्रमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ ।

gold
prabhu bank
nawakantipur long