citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

एनआइसी एशिया बैंकको मोबाइल एप सर्वाधिक प्रयोग

३६ लाखभन्दा धेरै डाउनलोड

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनआइसी एशिया बैंक नेपालका वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै मोबाइल एप प्रयोग हुने वाणिज्य बैंक बन्न सफल भएको छ । यस बैंकको मोबाइल एप सबैभन्दा धेरै डाउनलोड भएको एपमध्ये पर्छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा मोबाइल बैंकिङ एप (मो बैंक) ३६ लाख पटक डाउनलोड भएको छ । जसमध्ये एन्ड्रोइड मोबाइलमा ३२ लाख ४२ हजारभन्दा धेरै र आइओएस मोबाइलमा ३ लाख ३६ हजारभन्दा धेरै पटक डाउनलोड भएको छ ।

बैंकले हरेक वर्ग र समुदायमा मोबाइल बैंकिङ सेवाको पहुँच पुगोस् भनेर विभिन्न भाषामा मोबाइल एप ल्याउन सुरू गरिसकेको छ ।

यसको सुरूवात गर्दै पहिलो चरणमा नेपाली भाषामा सार्वजनिक गरेको छ । बहुसंख्यक नेपालीहरूले नेपाली भाषा बोल्ने र चलनचल्तीको मुख्य भाषा पनि नेपाली भएकाले नेपाली भाषामा मोबाइल एप सार्वजनिक गरिएको हो ।

मोबाइल बैंकिङ प्रयोकर्ता तर्फ हेर्ने हो भने २५ लाख ४१ हजार ८ सयभन्दा धेरै ग्राहकले मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेको छन् ।

जुन समग्र बैंकिङ क्षेत्रको औषत प्रति बैंक प्रयोगकर्ताभन्दा १७७ प्रतिशत अर्थात् १६ लाख २२ हजारले बढी हो।

समग्र बैंकिङ क्षेत्रको औषत प्रति बैंक मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ९ लाख १९ हजार रहेका छन्। वाणिज्य बैंकहरूमध्ये यो धेरै ठूलो उपलब्धि हो।

बैंक मुलुककै सबैभन्दा धेरै शाखा विस्तार गर्न सफल भएकै अवस्थामा ‘डिजिटल फर्स्ट’ योजनाबाट हातहातमा बैंक पुग्न सफल भएको छ । ४१ लाख ग्राहक संख्या पुगेको एनआइसी एशिया बैंकले ‘मास बेस बैंकिङ’ गरिरहेको छ।

एनआइसी एशिया बैंकले ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिकरूपले डिजिटलबाट गर्ने लक्ष्य राखेको छ ।

gold
himalayan life insurance long ad