sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। प्रहरीले साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक नवलपरासी स्थायी घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय लक्ष्मण विश्व र काभ्रेपलाञ्चोकका ४० वर्षीय सोफि मल्ललाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार उनीहरूले पीडित ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरबमा जान एक लाख २५ हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ४० हजार रुपियाँ हुने भनी प्रलोभनमा पारी पटकपटक गरी एक लाख २५ हजार रुपियाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।

उनीहरूलाई काठमाडौँ महानगरपालिका वडा नं. ३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

gold
nawakantipur long