sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

हेटौँडा सिमेन्ट उद्योग बन्द गराउने खेलमा निजी उद्योग सञ्चालकहरू लागे: महेश बर्तौला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न केही निजी सिमेन्ट उद्योग सञ्चालकहरू हेटौँडा सिमेन्ट उद्योग बन्द गराउने खेलमा लागेको आरोप लगाएका छन्।

मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचेतक बर्तौलाले हेटौँडा सिमेन्ट उद्योग बन्द भए उद्योगले प्रयोग गर्ने चारवटा खानीहरू कब्जा गर्न सकिने उद्देश्यले निजी सिमेन्ट उद्योगहरू माथिल्लो तहको सेटिङमा लागेको बताए।

उनले राजनीतिक स्वार्थमा ठूला निजी उद्योग सञ्चालकहरू माथिल्लो तहमा सेटिङ गरेर मजुवा, भैँसे, बोखरे र धादिङको खानी कब्जा गर्ने रणनीति रहेको दाबी गरे। उनले यो काममा कर्मचारीहरूको पनि संलग्नता रहेको जानकारीमा आएको उल्लेख गरे।

राजनीतिक स्वार्थ राखेर सरकारी उद्योगको विकास हुनसक्ने भन्दै बर्तौलाले मन्त्रीकै पार्टीको व्यक्ति पठाए पनि विज्ञताको आधारमा नियुक्ति गर्न माग गरे।

उनले सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा सरकारी उद्योगहरू धरासायी र व्यावसायिक योजनाविहीन भएको दाबी गरे। उनले सम्बन्धित विषयमा विज्ञ मात्रै उद्योगहरूमा नियुक्त गर्न सरकारसँग माग गरे।

उनले हेटौँडा सिमेन्टको महाप्रबन्धक कृषिको विज्ञ भएको उल्लेख गरे। उनले अहिले सरकारी उद्योगहरू बन्द हुने स्थितिमा पुग्नुमा स्वार्थ समूह हाबी हुने गरेको बताए।

अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगमा साढे दुई लाख बोरा स्टक रहेको भन्दै सरकारले बजारको व्यवस्थापन गर्न नसकेको उनले बताए।

उनले ३८ वर्ष पुरानो सिमेन्ट उद्योगको टेक्नोलोजी परिमार्जन नगरे निजी उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएको बताए।

१५५ बिघा जग्गामा फैलिएको सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योगमा थोरै लगानी गर्दा चल्ने अवस्था रहेको उनको भनाइ थियो।

prabhu bank
nawakantipur long