macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी वैदेशिक रोजगार बोर्डले निकाल्यो यस्तो सूचना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषको निक्षेप अवधि आगामी पुस १ गतेदेखि समाप्त हुने विभिन्न बैङ्कको मुद्दती खातामा रहेको निक्षेप रकम पुनः लगानी गर्ने भएको छ ।

निक्षेपमा रहेको १२० करोड १ वर्षको लागि पुनः लगानी गरिने भएकोले नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त क वर्गका वाणिज्य बैङ्कहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गर्ने ब्याजदर लगायत अन्य विवरण सहित सिलबन्दी दरभाउ पत्र प्रस्ताव पेश गर्न सचिवालयले आग्रह गरेको छ ।

सचिवालयले मङ्सिर २८ गतेभित्र प्रस्ताव पेश गर्न समय तोकेको छ । पेश हुन आएका सिलबन्दी प्रस्तावहरू सोही दिनको १२स्३० बजे खोलिने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

himalayan life insurance
igi long
NTA long ad