पुस ४ गते खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले एकै साथ २ आर्थिक वर्षको साधारण सभा
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले एकै साथ २ आर्थिक वर्षको साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
यसले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि यस हाइड्रोपावरले मंसिर २२ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, आज मंसिर २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ । १०० प्रतिशत हकप्रदपछि ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ । साधारण सभा पुस ४ गते धुम्र बाराह पार्टी प्यालेस, धुम्बराहीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।