macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एभरेष्ट बैंकको मुनाफासँगै अधिकांश सूचकमा आकर्षक बढोत्तरी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा एभरेष्ट बैंकको अधिकांश वित्तीय सूचकहरु आकर्षक देखिएका छन् ।

बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३६.८५% ले बढेर ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.७५% ले बढेर ७ अर्ब ४४ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा पनि बढेपछि खुद नाफामा वृद्धि भएको देखिन्छ । यसको रिजर्भ कोष पनि ११.०३% ले बढेर १० अर्ब नाघेको छ । यस अवधिमा बैंकको इक्विटीमा प्रतिफल (आरओई) १३.३१% पुगेको छ ।

अघिल्लो वर्ष यसको आरओई ११.७६% थियो । आरओए १.४८% छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ ।

यसको प्रतिसेयर आम्दानी ५.४२ रुपैयाँले बढेर ३१.७२ रुपैयाँ पुगेको छ । यता, खराब कर्जामा भने सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ०.१२% रहेको खराब कर्जा यो वर्ष ०.७९% पुगेको छ । प्रतिसेयर नेटवर्थ २३८.३३ रुपैयाँ छ ।

himalayan life insurance
igi long
NTA long ad