सांग्रिला डेभलपमेन्ट बैंकको नाफा यसकारण भयो प्रभावित
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३८ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा अघिल्लो वर्षको भन्दा २१.८७% ले थोरै हो । अघिल्लो वर्ष बैंकले ४९ करोड रुपैयाँ ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ६.६८% ले बढ्दा सञ्चालन नाफा भने ३१.८४% ले घटेको छ ।
इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो । यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि २८.५८% ले घटेर २४ करोड ८९ लाख रुपैयाँमा झरेको छ । बैंकको निक्षेप संकलन ३.६७% ले बढ्दा कर्जा लगानी भने ११४% ले घटेको छ ।
यसको खराब कर्जा १.३९% बाट बढेर ३.०६% मा भएको छ । सांग्रिलाको प्रतिसेयर आम्दानी घटेर १० रुपैयाँ ५२ पैसा कायम भएको छ । गत वर्ष खराब कर्जा १.३९% रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ४२ पैसा छ ।