भन्सार विभाग प्रमुखमा पौडेल
काठमाडौं । भन्सार विभागको प्रमुखको रूपमा शोभाकान्त पौडेलले बुधबारबाट जिम्मेवारी सम्हाल्दैछन्। उनी यसअघि स्थानीय विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए।
यसअघि उनले ठूला करदाता कार्यालय, आन्तरिक राजस्व विभागको महानिर्देशक समेत भएर काम गरेका छन्। उनले भन्सार विभागको उप–महानिर्देशकको पद समेत सम्हाल्दै आएको थियो।























