citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने

राष्ट्र बैंकले यही जेठ १९ गते पाँचवर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८५ ‘झ’ जारी गर्दैछ । राष्ट्र बैंकले यही जेठ १९ गते पाँचवर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्र भोलि जेठ १८ गते बोलकबोल मार्फत बिक्री गरिनेछ ।

यस ऋणपत्रमा ईच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।

ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८५ जेठ १९ गते परिपक्व हुनेछ । यस ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ ।

बोलकबोलमा ईच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रूपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरूलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८।५ अर्ब र १।५ अर्ब छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ ।

अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

himalayan life insurance
igi long