stcnepal long ad
himalayan Everest Insurance long ad

एमालेले पार्टी सचिवालय बैठक आह्वान

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् ।

बैठक यही जेठ १९ गते बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

उपाध्यक्ष ज्ञवालीका अनुसार बैठकमा गएको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरुको कार्याविभाजन र आगामी कार्यक्रमहरुको कार्ययोजना तयार गर्ने जानकारी दिए ।

“सचिवालय बैठक यही जेठ १९ गते बस्दै छ । बैठकले कार्यविभाजन कार्ययोजनादेखि सबै विषय पारित हुन्छ,” उनले बाह्रखरीसँग भने, “बैठकमा समसामयिक विषयमा पनि छलफल हुन्छ ।”

१७ जेठ २०८०, बुधवार १४:५२ बजे प्रकाशित

NTA long ad