stcnepal long ad
global ime bank long

लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बैशाख १० गते सेबोनबाट अनुमति पाएको हो ।

कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘एलबिबिएल डिबेन्चर’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।

ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कुल कित्तामध्ये कम्पनीले ४० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

IME Lifesidebar
kumari