एनसीसी बैंकको १० लाख ३९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौं । एनसीसी बैंकको कुल १० लाख ३९ हजार ५०४ कित्ता संस्थापक सेयर आज मंगलबार (पुस १२ गते) देखि बिक्री खुला भएको छ ।
एनसीसीका ७ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । यसमा एनसीसीकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबारदेखि ३५ दिनभित्र बैंकको बागबजार, काठमाडौंस्थित सेयर विभागमा लिखित निवेदन दिनुपर्नेछ ।
उक्त अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य खरिदकर्तालाई बिक्री गरिने बैंकले जानकारी गराएको छ ।























