citizens life insurance long ad
stcnepal long ad

एनसीसी बैंकको १० लाख ३९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनसीसी बैंकको कुल १० लाख ३९ हजार ५०४ कित्ता संस्थापक सेयर आज मंगलबार (पुस १२ गते) देखि बिक्री खुला भएको छ ।

एनसीसीका ७ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । यसमा एनसीसीकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबारदेखि ३५ दिनभित्र बैंकको बागबजार, काठमाडौंस्थित सेयर विभागमा लिखित निवेदन दिनुपर्नेछ ।

उक्त अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य खरिदकर्तालाई बिक्री गरिने बैंकले जानकारी गराएको छ ।

IME Life
kumari