stcnepal long ad
ime life insurance
national life
global ime bank long

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ३०३ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

मंगलबार सोही मूल्यलाई आधार मानेर यसको सेयर कारोबार खुला हुनेछ । सोमबारको अन्तिम कारोबार मूल्य ३४४ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

बैंकको पुस २५ गते वार्षिक साधारण सभा बस्दैछ । सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा.लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैंकले गत वर्षको नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

IME Lifesidebar
kumari