stcnepal long ad
ime life insurance
national life
global ime bank long

चीनमा युवा बेरोजगार दर बढेको बढ्यै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बेइजिङ। हाल चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ।

सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो ।आधिकारिक तथ्यांक अनुसार चीनको शहरी युवा जनसंख्या १ करोड ७० लाख छ । तथ्यांकमा ग्रामीण बेरोजगारी समावेश छैन।

द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ। युवा बेरोजगारी दर मार्चमा १५।३ प्रतिशतबाट बढेर अप्रिलमा १८.२ प्रतिशतमा पुगेको छ।

अर्को केही महिनासम्म निरन्तर बढ्दै जुलाईमा १९।९ प्रतिशतमा पुगेको थियो। अगस्टमा यो दर थोरै घटेर १८।७ प्रतिशतमा झरेको थियो । तर , बेरोजगार दर अझै पनि अहिलेसम्मकै उच्च रहेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ।

कोभिडका कारण सृजित बेरोजगारीका कारण हरेक पाँचमध्ये एक जना सक्षम चिनियाँ कामबाट बञ्चित छन्। चीनमा सञ्चालित शीर्ष कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निकाल्दा देशले आर्थिक गिरावटको सामना गरिरहेको छ।

IME Lifesidebar
kumari