stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लुम्बिनी विकास बैंकको थप दुई शाखा एवंम एक्सटेन्सन् काउण्टर विस्तार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले मंसिर २६ गते देखि थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं.१ स्थित इमाडोल शाखा, ८८औँ शाखाको रुपमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.१० स्थित कमलबिनायक शाखा र एक्सटेन्सन् काउण्टरको रुपमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं.५ स्थित लेले एक्सटेन्सन् काउण्टर रहेको छ ।

यस विकास बैंकको इमाडोल शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोबिन्द श्रेष्ठले संयुक्त रुपमा गरे ।

त्यसैगरी कमलबिनायक शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले संयुक्त रुपमा गरे ।

साथै, लेले एक्सटेन्सन् काउण्टरको उद्घाटन विकास बैंकका सञ्चालक प्रताप कुमार आचार्य र गोदावरी नगरपालिका वडा नं.५ वडा अध्यक्ष मिलन सिलवालले संयुक्त रुपमा गरे ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप दुई नयाँ शाखाहरु तथा पहिलो एक्सटेन्सन् काउण्टरको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।

prabhu mahalaxmi
kumari