stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सराङकोट सहकारी संस्थाद्धारा न्यानो कपडा बितरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ बार्षिक उत्सवको अवसरमा बिधार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १८ को जनजागृत माद्यामिक बिद्यालय ,पोखरा १७ को पार्दी माद्यामिक बिद्यालय र पोखरा २० को जनचेतना आधारभुत बिद्यालयका ७८ जना बिधार्थीहरु लाई शैक्षिक सामाग्री पोसाक तथा न्यानो कपडा बितरण गरिएको छ ।

संस्थाको स्थापना देखि नियमित आर्थिक कारोबार ,सराङकोट रेडियो प्रसारण सहित रचनात्मक सामाजिक कार्यक्रम ,स्वास्थ्य सचेतना रक्तदान गदै आएको र संस्थाको हाल कारोबार ७० करोड रहेको छ ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी., पार्दी माद्यामिक बिद्यालयका प्राचार्य बाम देब पौडेल, जनचेतनाका प्राचार्य गुरु प्रसाद बास्तोला, संस्थाका सचिव कुल प्रशाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सह सचिव माया कुमारी शर्मा, ब्यवस्थापक सुरेन्द्र थापा, कर्जा अधिकृत सरिता पौडेल , कार्यालय सहायक ईश्वरी श्रेष्ठ लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

यस बर्ष त्रिदिवसीय कार्यक्रम अन्तर्गत स्वास्थ्य सचेतना रक्तदान, बिद्यालय कार्यक्रम र २७ गते बृद्धाहरुलाई सहयोग सहित समापन कार्यक्रम रहेको ब्यवस्थापक थापाले बताए ।

prabhu mahalaxmi
kumari