stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नयाँ सांसद पनि भाडाकै भवनमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्धारित समयमा संसद् भवनको निर्माण नसकिने भएपछि अबको संसद् बैठक पनि भाडाकै घरमा बस्ने भएको छ।

संसद् भवन सिंहदरबार परिसरभित्र बन्दै छ। आफ्नै भवन नहुँदा सचिवालयले बानेश्वरको भाडामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक राख्दै आएको छ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला निर्धारित समयमा भवन नसकिएकाले निर्वाचित संसद्को बैठक पनि पहिलेकै स्थानमा राख्नुपर्ने अवस्था आएको बताउँछन्।

‘नयाँ निर्वाचित भएर आउनेले पनि नयाँ भवन पाएनन्। अर्कोतिर सिंहदरबार र संसद् भवन एकै ठाउँमा नभई फरक दूरीमा रहँदा चुनौती छ,’ उनले भने।

पञ्चायतकालमा बनेको संरचनामा टालटुल गरेर पनि ठाउँमा अपुग हुने भएपछि संसद् बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाको घरमा विगतदेखि नै चल्दै अएको छ।

आफ्नै सुविधा सम्पन्न भवन बनाउने उद्देश्यका साथ बनाउन थालिएको भए पनि कोभिडका कारण निर्धारित समयमा निर्माण नसकिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

 

 

 

prabhu mahalaxmi
kumari