नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पुस ७ गते वार्षिक साधारण सभा बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा बैंकले ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशतनगद लाभांश पारित गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनको लागि बैंकले मंसिर २१ गते बुक क्लोज गर्नेछ ।
तसर्थ, मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।
सभामा मेगा बैंकसँग मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ । साथै, दुई बैंकबीच मर्जरका लागि भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने एजेन्डा रहेको छ ।