stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जापानलाई टाइब्रेकरमा हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल जानोब स्टेडियममा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३(१ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा समेत दुवै टोलीबाट थप गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा क्रोएसिया विजयी भयो । निर्धारित समयमा सुरुवाती अग्रता जापानले लिएको थियो । जापानका लागि डाईजेन माएदाले गोलको खाता खोल्नुभयो । उहाँले ४३औं मिनेटमा माया योसिदाको पासमा पोस्ट नजिकबाट गोल गर्नुभएको हो ।

त्यसपछि ५५औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । इभान पेरिसिकले डेजन लोभरेनको पासमा बराबरी गोल गर्नुभएको थियो । त्यसपछि निर्धारित ९० मिनेट र थप समयमा समेत गोल भएन ।

पेनाल्टीमा क्रोएसियाले तीन गोल गर्न सफल भयो । जापानले एउटा मात्र गोल गर्न सक्यो । जापानका तीनवटा पेनाल्टी प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले सजिलै बचाउनुभयो ।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गर्नुभयो । मार्को लिभाजाको प्रहारलाई जापानका गोलरक्षकले बचाउनुभयो ।

यता जापानका ताकुमा असानोले मात्र गोल गर्नुभयो । ताकुमी मिनामिनो, माया योसिदा र कोरु मितोमाले गोल गर्न सक्नुभएन ।

क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग खेल्नेछ । ब्राजिल र दक्षिण कोरियाको खेल आजै राति १२:४५ बजे हुनेछ ।

prabhu mahalaxmi
kumari