stcnepal long ad
ime life insurance
global ime bank long

आइएमईको २२ औँ साधारण सभा

कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित आइएमई बन्यो नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ ।

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यो संगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ ।

साधारण सभामा संक्षिप्त मन्तब्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरुको सुझाव र सल्लाहकै वाबाजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गर्नुभयो ।

अध्यक्ष ढकालले आम सेवाग्राहीवीच आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै आइएमईको आजसम्मको व्यवसायिक यात्रामा सहयोग गर्नुहुने सवैमा धन्यवाद व्यक्त गर्नुभयो ।

त्यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताउनुभयो ।

साधारण सभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवम् आइएमईका संचालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गर्नुभएको थियो ।

अव नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले शीघ्र आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताउनुभयो ।

यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडी बढ्नेछ ।

रेमिटेन्स समाधान प्रदायकहरू मध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । आइएमईले विश्वभर विश्व–स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ । आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ ।

prabhu mahalaxmi
kumari