sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मङ्सिर २६ गतेसम्म निर्वाचन सम्बन्धी सबै काम सकिन्छ : प्रमुख आयुक्त थपलिया

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण कामसक्ने बताउनुभएको छ ।

शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण काम मङ्सिर २६ गतेसम्म सक्ने तयारी रहेको बताउनुभएको हो।

उहाँले मङ्सिर १९ गतेसम्ममा मतगणना कार्य सम्पन्न जानकारी गराउनुभयो।राजनीतिक दललाई मङ्सिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यको नाम कानुनले तोकेअनुरूप पठाउनका लागि पत्राचार हुने उहाँको भनाइ छ।त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेस हुने उहाँले प्रस्ट पार्नुभयो ।

आयोगले मङ्सिर १९ गते सम्ममा अहिले प्रारम्भ भइरहेका सबै मतगणना कार्य सम्पन्न उहाँको भनाइ छ।विवरण प्राप्त भएको दुई दिन भित्र सबै राजनीतिक दललाई उनीहरूको अवस्थाबारे जानकारी गराइने छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘प्रदेश सभामा एकदेखि सुदूरपश्चिमसम्ममा तपाईँहरू यो–यो अवस्थामा रहनुभयो।

यहाँ यहाँ थ्रेसहोल्ड कट्यो।यहाँ यहाँ कटेन भन्नेछौँ। त्यस कारण तपाईँहरूले आयोगमा बुझाएको बन्दसूचीको आधारमा कानुनले तोकेको क्लष्टर र तपाईँले दिएको मर्यादाक्रम नमिचिनेगरी तुरुन्तै आफ्ना माननीय सदस्य निर्वाचित गरेर पठाइदिनुस् भनेर चिठी लेख्छौँ।२२ गतेसम्म पत्राचार भइसक्ने गरी हाम्रो तयारी छ।

त्यसको तीन दिन समय हुन्छ।त्यो प्राप्त भएको दुई दिन भित्रमा हामीले सम्पूर्ण प्रतिवेदन तयार गरेर राष्ट्रपतिज्यू समक्ष बुझाउने भनेका थियौँ।तयारी गर्दा गर्दै २५/२६ गते पुग्छ कि भन्ने देखिएको छ।आयोग त्यही अभियानमा तम्तयार भएर लागिराखेको छ ।’’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको निर्वाचन सम्पन्न गरेर आगामी दिनमा पनि सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताउनुभयो।उहाँले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘निर्वाचनको बेलामा फरक किसिमको सुरक्षा अनुभूति हुनुपर्छ।आयोगले व्यवस्थापन गर्ने कुरा सम्पूर्ण व्यवस्थापन गर्न सक्छौँ भनेपछि अरू कुनै तर्क गरेर यो निर्वाचनलाई दुई वा तीन चरणमा लगिरहनु पर्दैन भन्ने हाम्रो जोड थियो।यसले आगामी दिनमा एकै चरणमा निर्वाचन गर्न सकिन्छ भन्ने एउटा मानक स्थापित गरेको छ ।’

उहाँले आफूहरू वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउनुभयो।उहाँले आगामी संसद्मा निर्वाचन सम्बन्धी नयाँ कानुन लैजाने तयारी भइरहेको जानकारी दिनुभयो।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो , ‘हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ।हामी छिट्टै अब नयाँ कानुनद्वारा निर्वाचनको व्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा व्यापक तयारी गरिरहेका छौँ।सम्भवतः यो नयाँ संसद्को नयाँ अधिवेशनमा नयाँ कानुन प्रवेश गर्नेछ।’

थपलियाले निर्वाचन आयोगले निर्वाचन समावेशी र लैंगिकमैत्री होस् भन्ने चाहना राखेको भए पनि त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो।

उहाँले राजनीतिक दलले लोकतान्त्रिक मूल्य मान्यताको व्यवहार देखाउन नसकेको उहाँको आरोप छ।

prabhu bank
nawakantipur long