वाणिज्य बैंकहरुले बढाए निक्षेपको ब्याजदर, अब कति पुग्यो ?
काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनमा बैंकरुले मुद्दति निक्षेपको ब्याजदर बढाएका छन् ।
बैंकर्स संघको बिहीबार बसेको बैठकमा बैंकले स्वतन्त्र रुपले ब्याजदर तोक्न सक्ने निर्णय भएको थियो । सोही अनुसार बैंकहरुले ब्याजदर बढाएका हुन् ।
पछिल्लो ६ महिनादेखि गरेको भद्र सहमति तोडिएसँगै बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर अधिकतम १२.१३ प्रतिशत सम्म पुर्याएका हुन् ।
यता, प्रभु बैंकले भने ३ महिना वा सो भन्दा बढी अवधिको ‘प्रभु उन्नति मुद्दति’ मा १५.१३ प्रतिशत सम्म ब्यादर दिने जनाएको छ ।
यस अघि भने बैंकहरुले निक्षेपमा ११.०३प्रतिशत ब्याजदर प्रदान गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले औसतमा १० प्रतिशतले ब्याज बढाउन पाउने व्यवस्था गरेको थियो । बैंकिङ प्रणालिमा देखिएको तरलता समस्या समाधान गर्न बैंकहरुले ब्याज बढाएका हुन् ।
























