stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

हिमालयन बैंकको ऋणपत्र आवेदन म्याद थप

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ऋणपत्र आवेदन दिने म्याद थप गरिएको छ।

बैंकले गत २०७९ भदौ १५ गतेबाट २।५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रका इकाइहरु बिक्री खुला गरेको थियो। मागबमोजिम खरिद आवेदन नपरेपछि यो ऋणपत्रमा भदौ २९ गतेसम्म बिक्री खुला गरिएको धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बन्ड २०८६’ नामक ऋणपत्र बिक्री खुला गरेको छ। कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

बाँकी १० लाख इकाइ भने सर्वसाधारणका लागि निष्कासन गरिएको छ। जसमा सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ५० हजार इकाइ छुट्याइएको छ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म खरिद आवेदन दिन पाउने छन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन पाइनेछ।

यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०।५० प्रतिशत ब्याज पाउने बताइएको छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long