citizens life insurance long ad
stcnepal long ad
national life

आज श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिन अन्तिम दिन

Prabhu Insurance Long Ad

काठमाडौं । आज श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयरमा आवेदन दिन अन्तिम दिन हो ।

श्रृजनशील लघुवित्त कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यो मध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् । आइपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

himalayan life insurance
igi long