stcnepal long ad
global ime bank long

नबिल बैंकको ५० हजार कित्ता सेयर विक्रीमा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नबिल बैंकको ५० हजार कित्ता संस्थापक (प्रमोटर) सेयर विक्रीमा आएको छ । बैंकको केही संस्थापक सेयरधनीले उक्त सेयर लिलामी मार्फत विक्री गर्न लागेका हुन् ।

उक्त सेयरमा अब बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले नकिनेमा प्रचलित नियमअनुसार उक्त सेयर अन्य कोही व्यक्ति तथा संस्थालाई विक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम ४८० रुपैयाँ नघटाइ आफूले लिन चाहेको मूल्य खुलाइ आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारामा गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्दछ ।

IME Lifesidebar
kumari