citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अब भदौ ९ गतेसम्म एनएमबि सुलभ इन्भेष्टमेन्ट–२ मा आवेदन दिन सकिने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’ को म्युचुअल फन्ड इकाईमा आवेदन दिने म्याद लम्बिएको छ ।

यसमा छिटोमा साउन ३१ गते मंगलबारसम्म र ढीलोमा भदौ ९ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था रहेको थियो ।

मंगलबारसम्ममा माग अनुसार आवेदन नपरेका कारण अब भदौ ९ गतेसम्म आवेदन दिन सकिने कोष व्यववस्थापक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।

क्यापिटलले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को कुल १२ करोड इकाई निष्कासन गरेको हो ।

जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्तिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई वा १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ ।

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यसमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

himalayan life insurance
igi long