citizens life insurance long ad
stcnepal long ad

अपि पावर कम्पनीको बढ्यो १४ करोड १० लाख १८ हजार रुपैयाँ खुद नाफा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ करोड १० लाख  १८ हजार रुपैयाँ नाफा कमाएको छ ।  यो अघिल्लो वर्षको तुलनामा ११.४८ प्रतिशत ले धेरै हो ।

अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ५१ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा विद्युत बिक्री आम्दानी ४१।३५ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्ष सो आम्दानी ३६ करोड ७२ लाख रुपैयाँ रहेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्नाले खुद नाफा माथि जान सहयोग पुगेको हो ।

अपि पावर कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २९ करोड ६६ लाख रुपैयाँ जम्मा भएको छ। अघिल्लो वर्ष २७ करोड ९ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६७ पैसा कायम भएको छ। अघिल्लो वर्ष ५ रुपैयाँ ९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९२ पैसा छ ।

IME Life
kumari