citizens life insurance long ad
stcnepal long ad

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा २८.१० प्रतिशतले धेरै हो । अघिल्लो वर्ष बैंकले ५० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २४.४४ प्रतिशत र २८.३९ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंकको वितरण योग्य नाफा पनि २४.०३ प्रतिशतले बढेर ४७ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः २२.२० प्तिशत र १८.२६ प्रतिशतले बढेको छ ।

यसको खराब कर्जा घटेर ०.९६ प्रतिशत मा झरेको छ । शाइनको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९७ पैसाले बढेर १७ रुपैयाँ ०७ पैसा भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ०३ पैसा छ ।

IME Life
kumari