राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५ अर्ब २१ करोड, रिजर्भ कोषमा १५ अर्ब
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३७।३८ प्रतिशत ले बढेर गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी १७।२९ प्रतिशत र सञ्चालन नाफा ३७.६७ प्रतिशतले बढेपछि खुद नाफा पनि बढेको होे ।
बैंकले निक्षेप संकलनमा सामान्य कमी आएपनि कर्जा लगानी १९.२२ प्रतिशतले बढाउन सफल भएको छ । यता, खराब कर्जा पनि ३.०७ प्रतिशत बाट घटाएर २५ मा सीमित गरेको छ ।
वाणिज्य बैंकको रिजर्भ कोषमा १५ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९० पैसा रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले आइपीओ भने जारी गरेको छैन । यो सरकारी स्वामित्वमा सञ्चालनमा रहेको छ ।























