हिमालयनले एक्वायर गर्ने भएपछि सिभिल बैंकको सेयर कारोबार रोकियो
असार ३१ गते शुक्रबारबाट यसको सेयर किनबेच नहुने
काठमाडौं । हिमालयन बैंकले एक्वायर गर्ने भएपछि सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । योसँगै असार ३१ गते शुक्रबार बाट यसको सेयर किनबेच नहुने भएको छ । दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा बुधबार असार २९ गते मात्र हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।
प्रारम्भिक सहमति अनुसार दुवै बैंक एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००ः०.८१ अनुपातमा एक्वायर गर्न लागेको हो । डीडीए रिपोर्ट अनुसार यस सामान्य तलमाथि हुन सक्नेछ ।

























