stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लामो समयदेखि तोकिएको राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैङ्क खाता रोक्का

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

हेटौँडा । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैङ्क खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ ।

लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैङ्क खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकारी दिए ।

 

यसरी बैङ्क खाता रोक्का गरिएकामध्ये आयकर बक्यौता तर्फ सात वटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धि कर बक्यौता तर्फका छ वटा व्यावसायिक फर्म रहेको उनले बताए । कारबाहीमा परेका र राजस्व नबुझाएकासम्मले बैङ्किङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जनाएको छ ।

यसैगरी चालु आर्थिक वर्ष २०७८/७९मा तोकिएको लक्ष्यभन्दा अत्यधिक राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । प्रमुख जिसीका अनुसार कार्यालयको विभिन्न शीर्षकमा रु पाँच अर्ब ७० करोड आठ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु छ अर्ब चार करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । अर्थात् तोकिएको भन्दा एक सय छ प्रतिशत अत्यधिक राजस्व सङ्कलन सो कार्यालयले गरेको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार ३० गते सम्ममा आय करतर्फ रु एक अर्ब ११ करोड ४२ लाख ७३ हजार, घरबहाल कर तर्फ रु दुई करोड ७६ लाख ७२ हजार ,ब्याजकरतर्फ रु पाँच करोड छ लाख ४२ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ९९ करोड ३६ लाख ९७ हजार, अन्तःशुल्क करतर्फ रु तीन अर्ब २४ करोड ७१ लाख ८८ हजार र स्वास्थ्य करतर्फ रु ६१ करोड ४३ लाख १० हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।

सो अवधिमा कार्यालयको आयकरतर्फ रु एक अर्ब १२ करोड ९४ लाख ११ हजार,घरबहाल करतर्फ रु तीन करोड ५३ लाख ७८ हजार, ब्याज करतर्फ रु छ करोड ४० लाख, मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब ३३ करोड ४२ लाख, अन्तःशुल्क करतर्फ रु दुई अर्ब ९८ करोड ८६ लाख ३६ हजार र स्वास्थ्य करतर्फ रु १४ करोड ९२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको बताइएको थियो ।

prabhu mahalaxmi
kumari