citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ज्ञानेन्द्र ढुङ्गानाले नबिल बैंकको नेतृत्व सीइओ आजदेखि सम्हाल्दै

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । ज्ञानेन्द्र ढुङ्गाना आजदेखि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बन्ने भएका छन् ।

जेठ ७ गते बसेको बैंकको विशेष साधारणसभाले ढुङ्गानाले असार १७ गते आजदेखि बैंकको सीइओ बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार उनी सीइओ बन्न लागेका हुन् ।

 

 

यसअघि नेपाल बंगलादेश बैंकको सीइओ रहेको उनी उक्त बैंक नबिल बैंकसँग गाभिन लागेपछि गाभिएर बन्ने बैंकको पनि सीइओ बनेका हुन् ।

तेह्रथुममा जन्मिएका ढुङ्गाना चार्टर्ड एकाउन्टेन्ट हुन् । २०५२ सालमा बैंकिङ क्षेत्र प्रवेश गरेका उनी अहिलेपनि यही क्षेत्रमा नै रहेको छन् । उनले तत्कालिन समयमा बैंक अफ काठमाण्डूबाट बैंकिङ करिअर सुरु गरेका थिए ।

उनी २०५९ सालमा नेपाल राष्ट्र बैंकमा खाए । राष्ट्र बैंकमा १० वर्ष काम गरे । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको महाप्रबन्धक हुँदै नेपाल बंगलादेश बैंकको सीइओ बनेका ढुङ्गाना वाणिज्य बैङ्कका सीइओहरुको संगठन नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनिसकेका छन् । उनको कार्यकालमा नबिल बैंकले थप उचाइ लिने सबैको अपेक्षा रहेको बताइन्छ ।

 

himalayan life insurance
igi long