citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल बैंकका सञ्चालकको स्वागत तथा विदाइ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक सदस्य रितेश कुमार शाक्यको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा मनोनयन भई आउनु भएको छ ।

शर्माले यही असार ३ गते आयोजित एक कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

कार्यक्रममा सञ्चालक समिति अध्यक्ष अर्यालले सार्वजनिक प्रशासन तथा व्यवस्थापनमा लामो अनुभव हासिल गरेका सञ्चालक पाएकोमा खुसी व्यक्त गर्दै सञ्चालक शर्मालाई बैंकको सञ्चालक समितिमा स्वागत गर्नुभएको थियो ।

अर्यालले सञ्चालक सदस्यबाट विदा भएर जान लागेका रितेश कुमार शाक्यले आफ्नो कार्यकालमा बैंकको सञ्चालक समितिमा रहेर पुऱ्याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्नुभएका थियो ।

नवनियुक्त सञ्चालक सदस्य शर्माले नेपालको पहिलो बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा बैंकको सर्वोपरी हितमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा निर्वतमान सञ्चालक शाक्यले सम्पूर्ण बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । बैंक सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनका पदाधिकारीहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नवनियुक्त सञ्चालक शर्मालाई सञ्चालक समितिमा स्वागत गर्नुभएको थियो ।

himalayan life insurance
igi long