prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

मेलिना र गोविन्दको आवाजमा ‘ठेकीमा मदानी’ सार्वजनिक

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको सुमधुर आवाजमा सजिएको ‘ठेकीमा मदानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोक फ्लेवरको यस गीतको शब्द साजन पराजुलीको रहेको छ । स्वयं गायक अर्यालले संगीतवद्ध गरेका यस गीतलाई नारायण दंगालले संगीत संयोजन गरेका हुन् ।

 

 

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सुधिर श्रेष्ठ र सुपा खनालबीचको अनस्क्रीन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा सुदिप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ । सुरेश पाण्डेले कोरियोग्राफी गरेको यस भिडियोलाई महफुज अन्सारीले छायाँकन गरेका हुन् । भिडियोमा सुवास देवकोटाको सम्पादन रहेको छ।

मोहन घिमिरे निर्माता रहेको यस भिडियोलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो । ‘क्ल्यासिक फ्रेम मुभिज’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

५ असार २०७९, आइतवार १७:१३ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads