stcnepal long ad
global ime bank long

राष्ट्र बैंकको बचतपत्र बिक्री भएन, समय बढाइयो

नागरिक बचतपत्र बिक्री नभएपछि नेपाल राष्ट्र बैंक तनावमा परेको छ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ११ प्रतिशत व्याजदर पाउने गरि निष्काशन गरिएको नागरिक बचतपत्र बिक्री नभएपछि नेपाल राष्ट्र बैंक तनावमा परेको छ ।

राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र २०८४’ जारी गरेको थियो । ५ वर्ष अवधिको बचत पत्रमा ११ प्रतिशत व्याजदर तोकिएको छ र अर्धबार्षिक रुपमा व्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

 

गत जेठ १२ गतेदेखि बिक्री खुला भएको उक्त बचत खरिदको लागि राष्ट्र बैंकले जेठ ३१ गते अन्तिम दिन तोकेको थियो ।

निर्धारित समयमा सबै बचतपत्रको माग नभएकोले असार १४ गतेसम्मको लागि समय थप गरिएको केन्द्रीय बैंकले जनाएको छ । बजारमा तरलता अभावको भएकोले राष्ट्र बैंकले निष्काशन गरेको नागरिक बचतपत्रको माग कम भएको हुन सक्ने अनुमान छ । रकम पनि धेरै भयो, तरलताको चाप पनि धेरै छ । मुल कारण यही हुन सक्छ।

तरलताको अभाव देखेर नै राष्ट्र बैंकले उच्चतम व्याजदर प्रस्ताव गरेको थियो । ११ प्रतिशत व्याज तोकिएको छ, यो राष्ट्र बैंकले दिएको अहिलेसम्मको उच्चतम व्याजदर हो ।

तैपनि पूरा माग भएन । तरलता संकटले राष्ट्र बैंक पनि चिन्तित रहेको छ ।

वाणिज्य बैंकहरुले १०.५ प्रतिशतभन्दा कम व्याजदरमा ऋणपत्र बिक्री गरिरहेको समयमा राष्ट्र बैंकले ११ प्रतिशत व्याजदरको नागरिक बचतपत्र बिक्री गर्न नसक्नुलाई उसको कमजोर बिक्री प्रयास एवं बजारीकरणको रुपमा पनि हेरिएको छ ।

तर यसलाई सरकारप्रतिको अविश्वास भन्न पनि सकिन्छ। बजारीकरण नभएको र सूचना प्रवाह नै कमजोर भएको कारण पनि बचतपत्र बिक्री नभएको हुन पनि सक्छ।

IME Lifesidebar
kumari